हुम्ला दार्मका किसानहरु फलफुल नर्सरीबाट कमाउँछन् लाखौ रकम

हुम्ला दार्मका किसानहरु फलफुल नर्सरीबाट कमाउँछन् लाखौ रकम

कचहरी डट कम, हुम्ला ।। हुम्लाको दार्म क्षेत्रका किसानहरु विभिन्न प्रकारका फलफुलका नर्सरीबाट वर्षेनी लाखौं रकम आम्दानी गर्दै आएका छन् ।

जिल्लाभित्र र बाहिर कृषि विकास कार्यालय र विभिन्न गैससहरुले फलफुल खेतीका लागि विभिन्न कार्यक्रमहरु लागु गर्दा किसानहरु लाभान्वित भएका छन् ।

हुम्लाको दार्म क्षेत्रमा स्थापना भएको बागबानी फार्म सकारकारको उदासिनताको कारण बाँझो बन्दै गएको अवस्थामा त्यस वरपरका गाउँहरुका किसानहरुमा नर्सरी व्यवसाय फस्टाउँदै गएको छ । यो क्षेत्रमा स्थापना गरिएका करीब दुई दर्जन नर्सरीहरुले वर्षेनी ३० हजार जति बिरुवाहरु बेच्ने गरेको दार्म गर्खा गाउँका नर्सरीधनी चन्द्र शाहीले बताए । उनी वर्षको करीब १० हजार बिरुवा बेच्ने गर्छन् । यसबाट उनले ३ लाखदेखि ७ लाखसम्म कमाउने गरेका छन् । यो वर्ष यो क्षेत्रमा करीब २५ लाख बराबरको बिरुवा बिक्री भएको छ ।

प्रति बोट १५ रुपैंयादेखि ४५ रुपैंयासम्म बेच्ने गरिएको जानकारी प्राप्त भएको छ । यहाँका बिरुवाहरु हुम्ला, मुगु, जुम्ला, बाजुरा, कालीकोटसम्म पुग्ने गरेको छ । तर पनि सरकारीस्तरबाट यी किसानहरुलका लागि चाहिने आवश्यक सामाग्री, औजार, बिमा तथा अन्य सुविधाहरुमा ध्यान दिनु आवशयक रहेको किसानहरुको गुनासो रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका