मानक समाचार केन्द्रका रुपमा रासस स्थापित हुने प्रमको विश्वास

मानक समाचार केन्द्रका रुपमा रासस स्थापित हुने प्रमको विश्वास

काठमाडौँ, फागुन  ७-

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सूचना, शिक्षा र मनोरञ्जनका सामग्रीसहित विविध सूचना र समाचारलाई अविछिन्न रुपले प्रवाह गरिरहेका आमसञ्चारमाध्यमले विकास तथा विस्तारसँगै आफूलाई संयमित, मर्यादित र विश्वसनीय बनाउने ध्यान अपेक्षा गरिएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को स्थापनाको ५६ औंँ वर्ष प्रवेशका उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले सूचना र समाचार जनताको नैसर्गिक अधिकार भन्ने सर्वस्वीकार्य मान्यतानुरुप जनताको सुसूचित हुन पाउने हकको सुनिश्चितताका लागि सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । आमसञ्चारमाध्यमले सत्यतथ्य, आधिकारिक, विश्वसनीय एवम् खोजमूलक समाचार सम्प्रेषण गर्न सके मात्र सरकारको प्रतिबद्धता पूरा हुने उहाँले बताउनुभयो ।

प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै निर्वाचन, सुशासन, विकासनिर्माण र जनजीविकाका पक्षमा अहोरात्र खटिइरहेको वर्तमान सरकारलाई राज्यको चौथो अङ्गका रुपमा रहेको प्रेस जगत्बाट सदा झैँ अमूल्य सहयोग र दृढ समर्थन प्राप्त भइरहने विश्वास लिँदै निर्वाचनको वातावरण बनाई संविधान कार्यान्वयनमा नेपाली प्रेस जगत्ले महत्वपूर्ण सहयोग गर्ने छ भन्नुभयो । “पत्रकारिता क्षेत्रमा सहरमुखी एवम् सुविधाभोगी प्रवृत्ति हावी भइदिँदा मुलुकका उपेक्षित, उत्पीडित लिङ्ग, वर्ग, समुदाय र क्षेत्रको आवाज ओझेलमा पर्न गएको तीतो यथार्थ हामीसँग छ ।

यस किसिमको विषम परिस्थितिमा राज्यको पहुँचबाट पछाडि पारिएको वर्ग, क्षेत्र, लिङ्ग, समुदायलाई विशेष प्राथमिकता दिई उनीहरूको आवाजलाई प्रस्फुटन गर्ने दायित्व आमसञ्चारमाध्यमको हो । चरम व्यक्तिवादी सोचसहित निराशा र अविश्वासले गाँजिरहेको नेपाली समाजलाई सकारात्मक सोचका साथ एकताको सूत्रमा बाँधी विकास र समृद्धिको दिशामा डो¥याउने जिम्मेवारी पनि आमसञ्चार माध्यमकै हो । देशका ७५ वटै जिल्ला र विदेशमा समेत सक्षम एवम् व्यावासायिक जनशक्तिसहितको कार्यसञ्जाल रहेको राज्यको समाचार संयन्त्रका रुपमा निरन्तर क्रियाशील समाचार संंस्था राससले त्यो जिम्मेवारी पूरा गर्नसक्नु पर्दछ”, शुभकामना मन्तव्यमा भनिएको छ ।

सूचना प्रविधिको अधिकतम सदुपयोग गर्दै मुलुकको आमसञ्चार क्षेत्रलाई थप मर्यादित, विश्वसनीय, चिरस्थायी र जीवन्त बनाउने सशक्त अगुवा सञ्चारमाध्यमका रुपमा रासस प्रस्तुत हुनुपर्छ भन्दै उहाँले आफ्ना सेवाग्राहीको मागबमोजिम समाचारको शैली र गुणस्तरमा सुधार गरी समाचार सेवालाई थप समावेशीकरण, विविधीकरण, व्यावसायीकरण र सुदृढीकरण गर्दै मुलुककै समाचार बैंकका रुपमा रासस स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

सन्देशमा भनिएको छ,“लामो इतिहास बोकेको परिपक्व एवम् अनुभवी समाचार संस्था राससले बदलिँदो परिवेशमा उपस्थिति, कार्यक्षमता, भूमिका र पहुँच वृद्धि गर्दै आफूलाई देशका आमसञ्चारमाध्यममाझ अपरिहार्य एवम् नेतृत्वदायी सञ्चारमाध्यमका रुपमा उभ्याउनुपर्दछ । लोकतन्त्रमार्फत प्राप्त वैचारिक स्वतन्त्रताको सदुपयोग गर्दै तटस्थ, व्यावसायिक भूमिकासहित सूचना र समाचारका दृष्टिकोणबाट मुलुककै मानक समाचार केन्द्रका रुपमा रासस स्थापित हुने विश्वास लिएको छु ।”
प्रतिस्पर्धा र प्रविधिले खडा गरेका चुनौतीलाई अवसरका रुपमा ग्रहण गर्दै रासस सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सशक्त र प्रभावकारी सञ्चारमाध्यम बन्न सकोस् भन्ने शुभकामना दिनुभएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका