Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्लस टु चलाउन धान्याचल गरिदै – Gaule Khabar

प्लस टु चलाउन धान्याचल गरिदै

प्लस टु चलाउन धान्याचल गरिदै

चितवन, फागुन ६–

निकै कष्टका साथ माध्यमिक विद्यालय चलाइदै आएको चितवनको सीमा क्षेत्र धादिङको जोगीमारास्थित श्री राष्ट्रि मावि खोरभञ्ज्याङमा प्लस टु कक्षा सञ्चालन गर्न धनधान्याचल गरिदैछ ।
२०१५ सालमा स्थापना भएको विद्यालयले स्थापनाको ५८ वर्ष पूरा गरिसक्यो । २०६५ सालदेखि चन्दा र सहयोगको भरमा मावि तह सञ्चालन गरिदै आएपनि अहिलेसम्म एउटै सरकारी दरवन्दी पनि पाएको छैन । निजी स्रोत शिक्षकका भरमा चलाइएको माविमा फेरि सहयोग नै जुटाएर प्लस टु चलाउने जमर्को गरिदै छ ।
आगामी फागुन १६ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष आनन्द अधिकारीले जानकारी दिए । फागुन २४ गतेसम्म चल्ने यज्ञमा ख्यातिप्राप्त वाचक बालतपसी पण्डित उत्तम भट्टजी महाराजले कथा वाचन गर्नेछन् ।
९ दिनसम्मको महायज्ञबाट प्लस टु सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग जुट्ने अपेक्षा गरिएको अधिकारीले बताए । त्यस क्षेत्र चितवनको सीमा जोडिएको क्षेत्र हो । त्यहाँ प्लस टु खोल्न सकिए चितवनको पहाडी गाविस काउलेबाट १० कक्षा सकेका विद्यार्थी पनि उच्च शिक्षाका लागि जान सक्नेछन् । “हाम्रै विद्यालयबाट वर्षमा कम्तीमा ३० जना विद्यार्थी १० उत्तीर्ण गर्छन्”, विद्यालयका प्रधानाध्यापक बासुदेव मरहठ्ठाले भने, “काउलेका दुई माविबाट पनि यहीं आउन सक्नेछन् । त्यसो गर्दा हाम्रो स्कूलले ६०–७० जनासम्म विद्यार्थीलाई शिक्षा सेवा दिन सक्छ ।” अहिले त्यस क्षेत्रका विद्यार्थीले दश कक्षा उत्तीर्ण गरेपछि घरै छोडेर अन्यत्र गई पढ्नुपर्ने बाध्यता छ । तर, ६० प्रतिशतभन्दा बढी चेपाङ विद्यार्थी अध्ययन गर्ने सो विद्यालयबाट दश कक्षा उत्तीर्ण गर्नेहरु अधिकांशसँग घर छोडेर पढ्न जाने आर्थिक हैसियत छैन ।
“दश कक्षापछि पढ्ने अवसर सबैले पाउन्नन्”, विद्यालयमा कार्यरत शिक्षक दिपक रिजालले भने, “त्यही भएर यहीं प्लस टु चलाउन अति आवश्यक छ ।” १६ गतेदेखि महायज्ञ सुरु गर्न अहिले शिक्षक, विद्यार्थी तथा गाउँले सबै एकढिक्का भएर लागेका छन् । उनीहरुले पूर्वविद्यार्थी तथा समाजसेवीहरुलाई भेट्ने र निम्ता गर्ने कार्यक्रम तीव्र बनाएका छन् । विद्यालयमा १५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा लेख्ने तयारी विद्यालयले गरेको छ । त्यस्तै २५ हजार १ देखि ५० हजारसम्म दिनेलाई पञ्चेबाजासहित सम्मान गरिने र ५० हजार भन्दा बढी सहयोग गर्नेलाई विशेष सम्मान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
पृथ्वी राजमार्गमा पर्ने धादिङ जोगीमाराको हुग्दीखोलाबाट दक्षिणतर्फ उकालो चढेर डेढ घण्टामा खोरभञ्ज्याङ पुग्न सकिन्छ । चितवनको प्रसिद्ध पर्यटकीय क्षेत्र हात्तीबाङ र सिराईचुली जाने मुख्य मार्गमै खोरभञ्ज्याङ पर्छ । २०१५ मा स्थापना भएका कमै विद्यालयको सूचीमा यो पनि पर्छ । तर, सुविधाको हिसाबले निकै पछि परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका