निर्वाचन नभए संविधानको अस्तित्व समाप्तः कोइराला

निर्वाचन नभए संविधानको अस्तित्व समाप्तः कोइराला

चितवन, फागुन ६–

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले आगामी माघ मसान्त सम्ममा तिनै तहको निर्वाचन सम्पन्न गर्न नसके संबिधानको अस्तित्व समाप्त हुने बताउनु भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्वर ३ को प्रथम क्षत्रीय सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य डा.कोईरालाले यस्तो बताउनु भएको हो ।
नेता कोइरालाले संबिधान जतिसुकै उत्कृष्ट भएपनि त्यसको कार्यन्वयन भएकी भएन भन्ने महत्वपूर्ण कुरा रहेको भन्दै उहाँले संविधान कार्यान्वयनका लागि सवै दल लचिलो हुन आवश्यक रहेको बताउनु भयो । सबैले मेरो गोरुको बाह्रौ टक्का गर्ने हो भने संविधान कार्यान्वयन हुन नसक्ने उहाँको भनाई थियो । कार्यक्रममको प्रमुख अतिथि समेत रहनु भएका डा. कोईरालाले संविधान बनाउने क्रममा मधेशी मोर्चालाई उपेक्षा गरेकोले अहिले देशमा यत्रो समस्या आएको बताउनुभयो । उहाँले अहिले संबिधान कार्यन्वयनमा एमालेलाई उपेक्षा गरेर सरकार अगाडी बढिरहेकोले पछि आफुहरुलाई अपठ्यारो परिस्थिति सीर्जना हुने डर रहेको बताउनु भयो । उहाँले अहिले सरकारले संबिधान संसोधनको प्रसताव टेबुल गरे पनि एमालेले त्यो हुनै नदिने र मधेसी दलहरु छफलमा तयार रहेपनि उनिहरुले चोहेको जस्तो नभए अगाडी बढन तयार नरहेको बताउनु भयो । उहाँका अनुसार ४ वटै राजनीतिक शक्तिहरु एकजुट भएर अगाडी नबढे निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोईराला, सचिव उत्तम जोशी, भरतपुर उपमहानगरपालिकाका नगर सभापति भरत अधिकारी, नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीलगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेपाली काँग्रेसका क्षेत्रीय सभापति रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका