मुम्बई,फागुन ६ –
राजकुमार राव स्टारर ‘ट्रयाप्ड’को नयाँ पोस्टर आएको छ । र, यो एउटा प्रश्न समेत लिएर आएको छ, “यदि तपाईँ कहिल्यै कहीँ बन्द हुनुभयो भने सबैभन्दा पहिले के गर्नुहुन्छ ?” यो पोस्टरको नाम अंग्रेजीमा लेखिएको छ र अक्षरहरूमा ताला लगाइएको छ ।
चलचित्र १७ मार्च रिलिज हुनेछ । फिल्मीबिट लेख्छ– तर चलचित्रको पोस्टर हेरेर यो पर्खाइ तपाईँका लागि मुस्किल हुनसक्छ ।
चलचित्र मुम्बईको जियो इन्टरनेसनल फिल्म फेस्टिवलमा प्रिमियर गरिसकिएको छ । यो चलचित्रलाई दर्शकले सम्मान व्यक्त गरेका छन् । प्रिमियरमा उनीहरूले उठेर थपडी पनि बजाएका थिए । राजकुमार राव कुनै चलचित्रसँग जोडिन्छन् भने उत्कृष्ट अभिनेताको दाबी अवश्यै गर्छन् । यसको कारण उनको अभिनय क्षमता हो ।
कुनै चलचित्रको पहिलो पोस्टर रिलिज हुनु र कसैको अनुहार नदेखिनुले प्रष्ट पार्छ कि यो चलचित्र नै सुपरस्टार हो । चलचित्र, वर्षौँदेखि एउटा कोठाभित्र बन्द भएका पात्रको कथामा आधारित छ । किन, कसरी र केका लागि यो चलचित्रको मुख्य विषय छ अहिलेसम्म बाहिर आएको छैन । यो भने निश्चित छ, फेन्टम फिल्मस्को यो नयाँ कथाले एकपटक फेरि तपाईँको हृदय कम्पित गराइदिने छ । चलचित्रको पोस्टरले नै दर्शकलाई उत्सुकता जगाइदिएको छ ।
‘ट्रयाप्ड’को यो अर्को एउटा पोस्टरमा एकजना कुनै विल्डिङको बालकोनीमा उभिएका छन् । उसका अगाडि ग्रिल छ । त्यसले उनी घेरिएका छन् । चलचित्रको नाम ‘ट्रयाप्ड’ अर्थात् जालमा परेको । यो चलचित्रलाई ‘उडान’ र ‘लुटेरा’ का निर्देशक विक्रमादित्य मोटवानीले निर्देशन गरेका छन् ।