खाली पेटमा पानी पिउनुका फाइदा यी हुन्

खाली पेटमा पानी पिउनुका फाइदा यी हुन्

काठमाडौं,फागुन ६  —

पानी पिउनु स्वास्थ्यका लागि लाभकारी कुरा हो । पर्याप्त मात्रामा पानी पिउँदा यसले हामीलाई धेरैथरी रोग लाग्नबाट बचाउँछ । खाली पेट पानी पिउँदा के फाइदा हुन्छ यहाँ हामी बताउनेछौं ।

१) विषाक्त पदार्थ बाहिर
भरपूर मात्रामा पानी पिउँदा शरीरको फोहोर र विषाक्त पदार्थ पसिना र सूसूका रूपमा बाहिर निस्कन्छ । बिहान खाली पेट पर्याप्त पानी पिउनुभयो भने सबै फोहोर निस्कन्छ ।

२) पेटको समस्या दूर
खाली पेट टन्न पानी पिउनुभयो भने पेट पूरै सफा हुन्छ । कब्जियत हट्छ अनि भोक बढ्छ ।

३) तनाव भाग्छ
बिहान उठेर पानी अवश्य पिउनुस् किनकि बिहान हाम्रो दिमाग शान्त हुन्छ । यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर यो ताजा भइरहेको हुन्छ । पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ ।

४) तौल कम हुने
भरपूर मात्रामा पानी पिउँदा मोटोपना घट्छ । बिहानै उठेर खाली पेट तातो पानी पिउँदा बोसो लाग्न पाउँदैन अनि तौल घट्छ ।

५) पिसाब सम्बन्धी समस्या हट्छ
टन्न पानी पिउँदा शरीरका सबै हानिकारक तत्त्व मूत्रका रूपमा शरीरबाट बाहिर निस्कन्छन् । यसो हुँदा शरीर पनि सफा हुन्छ । अनि पिसाब पोल्ने, संक्रमण हुने र अन्य समस्या पनि निको हुन्छन् ।

६) छाला स्वस्थ
खाली पेट पानी पिउँदा शरीरका कोशिकाहरूले भरपूर अक्सिजन पाउँछन् । यसो हुँदा छाला स्वस्थ हुन्छ । पानी टन्न पिएपछि पसिनामार्फत छाला भित्रबाट सफा हुन्छ र छालामा निखार आउँछ ।

७) शरीरको तापक्रम नियन्त्रण
खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ ।

८) रोगप्रतिरोधात्मक क्षमता बढ्ने
खाली पेट पानी पिउँदा शरीरका विषाक्त तत्त्व बाहिर निस्कन्छन् अनि हाम्रा सबै अंग स्वस्थ बन्छन् । यसो हुँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने नै भयो ।

९) नयाँ कोशिका बन्छन्
खाली पेट टन्न पानी पिउँदा विषाक्त तत्त्व हाम्रो शरीरमा टिक्न पाउँदैनन् । यसले नयाँ कोशिका र मांसपेशी बन्न कुनै छैकवार हुँदैन ।

१०) अंगमा नमी
स्वस्थ अंगहरूमा नमी वा आर्द्रताका लागि बिहान खाली पेट पनि टन्न पानी पिउनुस् अनि दिनभरि पनि पिइरहनुस् ।

एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका