Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अब भारतबाट आउने तेल थप सस्तो हुने – Gaule Khabar

अब भारतबाट आउने तेल थप सस्तो हुने

अब भारतबाट आउने तेल थप सस्तो हुने

 काठमाडौं,  फागुन ६ –

नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउन भारत सहमत भएको छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

भारतीय आयल कर्पोशरेन (आईओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन सहमत भारत भएको हो ।

हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ प्रतिशतमा झार्ने सहमति भएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए ।

मार्चमा द्विपक्षीय ब्यापार सम्झौता हुने भन्दै खनालले भने, ‘हामीले सैद्धान्तिक सहमति गरेर फर्किएका छौं । अब भारतबाट आउने तेल थप सस्तो हुनेछ ।’

भारतीय आयल कर्पोरशेनसँग यस्तो नाफामा राखिने मार्जिन घटाउन नेपालले लामो समयदेखि लबिङ गरिरहेको थियो । अब मार्चमा हुने द्विपक्षीय सम्झौतामा भारतले राख्ने नाफाको मात्रा घटाउने औपचारिक निर्णय हुनेछ ।

यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुनेछ । यो सहमतिले आयल निगमलाई वर्षमा १ अर्ब बढी फाइदा हुने निगमका प्रवक्ता खनालले बताए ।

‘यसले निगमलाई वर्षमा १ अर्ब बढी फाइदा मात्रै हुँदैन, नेपाली उपभोक्तालाई नै सहज हुनेछ’ खनालले भने, ‘तेल आयातमा बाहिरिने रकम पनि घट्छ ।’

नेपालमा अहिले वाषिर्क १ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयत हुन्छ । तेलको मूल्यमा अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्ने प्रणाली लगाइएको छ । यसैका कारण भारतले तेल बेच्दा आफूले राख्दै आएको नाफा घट्दा नेपाललाई आर्थिक रुपमा पनि निकै लाभ मिल्ने निगमको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका