Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ढुक्क हुनुहोस्, एमालेले आगामी निर्वाचनमा दुईतिहाइ मत ल्याउँछः योगेश भट्टराई – Gaule Khabar

ढुक्क हुनुहोस्, एमालेले आगामी निर्वाचनमा दुईतिहाइ मत ल्याउँछः योगेश भट्टराई

ढुक्क हुनुहोस्, एमालेले आगामी निर्वाचनमा दुईतिहाइ मत ल्याउँछः योगेश भट्टराई

काठमाडौ,फागुन ६-

नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार निर्वाचन चाहँदैन भने पदमा बस्नुको औचित्य नभएको बताएका छन् । रफत सञ्चार क्लवले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पदमा बस्नुको औचित्य नभएको बताए ।

संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु वा दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिदैँ उनले भने– ‘चुनाव नगर्ने हो भने सरकारमा बस्नुको औचित्य छैन ।’

संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको उनको जिकिर थियो ।

अहिलेकै अवस्थामा मधेसी दलको तागत र संख्या नपुग्ने भन्दै उनले जनादेश ल्याएर संविधान संशोधन गर्न सुझाव पनि दिए । ‘संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको छ,’ उनले भने, ‘संशोधन प्रस्ताव अहिले तुलसीको बोटमा पुगेको छ, यसलाई बचाउने कुनै सम्भावना छैन ।’

उनले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि संविधान संशोधन अहिलेको अवस्थामा देशको आवश्यकता नभएको बताए । निर्वाचनमा सबै पार्टी मिलेर भाग लिनुपर्ने भन्दै उनले निर्वाचनको वातावरण बनाउन सबै लागिपर्नु पर्नेमा जोड दिए ।

शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने राजनीतिक दलहरु निर्वाचनदेखि नभाग्ने भन्दै उनले व्यवस्थापिका संसदले संविधान संशोधनलाई अस्वीकार गरिसकेकाले निर्वाचनबाट बहुमत ल्याएर संशोधन गर्न आग्रह गरे ।

उनले स्थानीय तहको पुनर्संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयाोग गठन, निर्वाचनसँग सम्बन्धित कानुनहरु निर्माण गर्ने कामसहित निर्वाचन वातावरण बनाउने उनको भनाइ थियो ।
उनले एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको भन्दै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केही फरक नपर्ने बताए ।

उनले आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउनले दाबी गरे । ‘एमालेको त्यस्तो लोकप्रियता देखेर कांग्रेस–एमाले डराएका छन्,’ उनले भने, ‘म कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिन आग्रह गर्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका