Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल आयल निगम मासिक ५७ करोड घाटामा – Gaule Khabar

नेपाल आयल निगम मासिक ५७ करोड घाटामा

नेपाल आयल निगम मासिक ५७ करोड  घाटामा

काठमाडौं,फागुन ६ –

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकार स्वामित्वको नेपाल आयल निगम लिमिटेड (एनओसी) को घाटा बढेको छ ।
यो महिनादेखि निगमको घाटा ८ करोड रुपैयाँ बढेर कुल ५७ करोड रुपैयाँ पुग्ने भएको छ । यसअघि घाटा मासिक ४९ करोड रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियमको भाउ बढेपछि यसको असर निगमलाई परेको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलमा ४० पैसा घाटा भएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । पेट्रोलमा प्रतिलिटर ५६ पैसा नाफा ४० पैसा मूल्य बढेपछि नाफा घटेर १६ पैसामा झरेको खनालले जानकारी दिए ।
नोक्सान थप भए पनि पेट्रोलियमको मूल्य यथावत राखिएको उनले जानकारी दिए ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा, डिजेलको ७७ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्यास १ हजार ३२५ रुपैयाँ छ । लगातार नोक्सानमा रहेको निगम पछिल्लो १ वर्षयता नाफामा सञ्चालन भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नोक्सानमा जान थालेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका