Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रु एक करोड २९ लाखमा जिशिका भवन – Gaule Khabar

रु एक करोड २९ लाखमा जिशिका भवन

रु एक करोड २९ लाखमा जिशिका भवन

इलाम,फागुन ६ –

जिल्ला शिक्षा कार्यालय इलामको नवनिर्मित भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ ।

जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । रु एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको भवनमा १४ कोठा रहेका छन् ।

चार वर्षअघिदेखि निर्माण थालिएको भवन विभिन्न कारणले ढिलो सम्पन्न भएको जिशिअ गौतमले जानकारी दिनुभयो । चार रोपनी क्षेत्रफल सरकारी जग्गामा उक्त भवन निर्माण गरिएको हो । आफ्नै भवन नहुँदा जिल्ला शिक्षा कार्यालय नारी विकास सङ्घको भवनमा वार्षिक लाखौँ रूपैयाँ भाडा तिरेर बसिरहेको थियो ।

सत्रवटा सडकको निर्माण सुरु

यसैबीच, यही आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । ती सहरी सडक निर्माणका लागि सडक कार्यालयमार्पmत प्रत्येक सडकका लागि रु चारलाख २० हजारका दरले जम्मा रु ७१ लाख ४० हजार विनियोजन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयप्रमुख तथा डिभिजनल इन्जिनियर शिवलाल दहालका अनुसार चालु आवमा निर्माण थालिएका ती सहरी सडकमा इलाम नगरपालिकाको सहरी सडक, माईपोखरीदेखि सातखाल्टे सडक, फिक्कल बजार सडक, सन्दकपुरदेखि कालपोखरी सडक, नयाँबजार सडक, आइतबारे बजार सडक, फिक्कल–गुप्ती –नयाँबजार सडक, सिंहबाहिनी–गोलबस्ती रिङरोड, देउमाई नगरपालिका सहरी सडक, केरखा–चुलाचुलीदेखि चपेटी–मधुमल्ला सडक रहेका छन् ।

त्यस्तै, अन्य सडकमा गजुरमुखीधाम–नावालुङ्ग–खड्कुले सडक, देउराली–एकतप्पादेखि गजुरमुखी–महमाई सडक, बाँझो गाविस–माङ्सेबुङ सडक, इलाम नगरपालिका–३ हुँदै पुवाखोला इन्टेक–साङ्रूम्बादेखि देउमाई नपा सडक, तीनघरे–शान्तिपुर बर्फल्याङ सातकटेरी सडक, घुरबिसे पञ्चमीदेखि इलामतिर पचेवा ठिङ्गेपुर–लुङसुङ्दाङ गाउँ हुँदै सिंहदेवी उच्च मावि आमचोकको सडक स्तरोन्नति र सूर्योदय नपा–९ इलाम दूध चिस्यान केन्द्रबाट सुदुङखोला सडक स्तरोन्नति र कजेनी गुम्बासम्म ट्र्याक सुधार रहेका छन् ।

कार्यालय प्रमुख दहालले यी सहरी सडक निर्माणका लागि ठेक्का लागिरहेको र केहीको कामसमेत अघि बढिसकेको बताउनुभयो ।

त्यसैगरी, फिक्कल अन्तुडाँडा सडकको छिरूवादेखि भञ्ज्याङसम्म कालोपत्र गर्न बाँकी रहेको भागमा यस आवमा कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको छ । सडक कार्यालयमार्पmत उक्त कामका लागि रु पाँच करोड १८ लाख ९२ हजार विनियोजन भएको छ । उक्त बाटोमा हालसालै मात्र छिरूवासम्म कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

त्यस्तै, सडक कार्यालयले मेची राजमार्गको माईखोलाबाट इलामपट्टिको भागमा रहेको सडक भासिने स्थानमा पुनस्र्थापनाको काम थालेको छ । चालु आर्थिक वर्षमा तीन करोड विनियोजन भएकामा ठेक्का प्रक्रियाबाट उक्त काम सुरु भएको पनि प्रमुख दहालले जानकारी दिनुभयो ।

त्यस स्थानमा सडकका तीन भागमा सडकमुनि दुईतहमा ३० फिटभन्दा लामा रड छिराएर ड्रिल गरी भित्रभित्रै सिमेन्टको ढलान हुन्छ । हाल काम थालिसकिएको र वर्षातअघि नै उक्त काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका