Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिविस चितवनको ताला सेवाग्राहीले फोडे – Gaule Khabar

जिविस चितवनको ताला सेवाग्राहीले फोडे

जिविस चितवनको ताला सेवाग्राहीले फोडे

सविता अधिकारी, 
चितवन, फागुन ५–

स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण पूर्णरुपमा बन्द भएको चितवनको जिल्ला विकास समितिको कार्यालयमा लगाईएको ताला सोवाग्राहीले खोलेका छन् । आज दिउँसो कार्यालय पुगेका सेवाग्राहीहरुले आफूहरुको काम हुनुपर्ने भन्दै जिविसको ढोकामा लगाइएको ताला फोडेका थिए ।

जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कनु परेपछि उनीहरुले आफैले ताला फोडेका हुन् । सेवाग्राहीले ताला फोडे पनि कर्मचारीहरु भने कार्यलय बाहिर नै बसीरहेको र आफ्नो माग पुरा नभए सम्म प्रशासनिक सेवा प्रदान नगर्ने स्थानिय कर्मचारी प्रकाश पौडेलले नारायणी अनलाईनलाई बताए । स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदिका अनुसार स्थानिय कर्मचारीका मागका बारेमा केन्द्रमा वर्ता भईरहेको र छिट्टै समाधान हुनेछ । विभिन्न माग राख्दै स्थानीय निकायका कमर्चारीहरु आन्दोलित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका