Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बजारमा फेरि आउँदैछ नोकिया ३३१० – Gaule Khabar

बजारमा फेरि आउँदैछ नोकिया ३३१०

बजारमा फेरि आउँदैछ नोकिया ३३१०

काठमाडौं, फागुन ५ –

मोबाइल फोनको दुनियामा नयाँ युगको सुरुवात गरेको र कुनै समय नोकियाको निकै लोकप्रिय मोबाइल फोनको रुपमा रहेको नोकिया ३३१० पुनः बजारमा आउने भएको छ ।
टिकाउ, मजबुती र लामो ब्याट्री लाइफका लागि प्रसिद्धि कमाएको नोकिया ३३१० लाई नोकियाले रिलञ्च गर्ने भएको हो ।

त्यसअघिका मोबाइल फोन आकारमा निकै ठूला हुने गरेकोमा नोकियाले चिटिक्कको नोकिया ३३१० मोडेल बजारमा ल्याएपछि मोबाइल प्रयोगकर्ताले मोबाइलको बजारमा क्रान्ति नै भएको ठानेका थिए । नोकिया ३३१० लाई मोबाइल फोनका पुराना प्रयोगकर्ताले अहिलेसम्मकै भरोसायोग्य मोबाइल फोन मान्ने गर्छन् ।

आजभन्दा १७ वर्ष पहिले सन् २००० मा नोकियाले नोकिया ३३१० मोडेलको मोबाइल सार्वजनिक गरेको थियो ।त्यस समयमा निकै ठूलो धमाका पिटेको ३३१० लाई मानिसहरुले आफ्नो सेकेन्डरी फोनको रुपमा अहिले पनि फोन प्रयोग गर्नेछन् भन्ने आशामा नोकियाले उक्त मोडेललाई पुन ल्याउन लागेको हो ।

समाचार अनुसार यो नयाँ संस्करणको ३३१० को मूल्य ५९ युरो अर्थात् झण्डै साढे ६ हजार पर्ने बताइएको छ । यहीँ महिना स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा नोकियाले ऐतिहासिक ३३१० मोडेल रिलञ्च गर्ने बताइएको छ ।

यद्यपि सेकेण्ड ह्याण्ड नोकिया ३३१० अहिले पनि विश्वका विभिन्न देशमा अनलाइन बजारमा खरीद गर्न पाइन्छ तथापि नोकियाले भने आफै बेच्ने गरेको छैन । लामो समयसम्म मोबाइलको दुनियामा राज गरेको नोकियाले स्मार्टफोनको युग सुरु भएसँगै आफ्नो प्रभुत्व गुमायो र नोकियालाई माइक्रोसफ्टले खरीद गर्यो । अहिले फिनिस कम्पनी एचएमडी ग्लोबलसँग नोकिया ब्राण्डको लाइसेन्स रहेको छ र सोही कम्पनीले नै नोकियाका मोबाइल फोन लञ्च गरिरहेको छ ।

कम्पनीले केही दिनअघि नोकिया सिक्स नामको एन्ड्रोइड स्मार्टफोन चीनमा लञ्च गरेको थियो जुन निकै नै लोकपि्रय भएको थियो । यो मोबाइल वल्र्ड कंग्रेसमा पनि उसले नोकियाका केही मोबाइल फोन लञ्च गर्नेछ जहाँ नोकिया ३३१० सँगै नोकिया ३, नोकिया ५ र नोकिया ६ पनि लञ्च हुने अपेक्षा गरिएको छ । -एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका