Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कपिलवस्तुमा ३० दुर्घटना, २५ ले ज्यान गुमाए – Gaule Khabar

कपिलवस्तुमा ३० दुर्घटना, २५ ले ज्यान गुमाए

कपिलवस्तुमा ३० दुर्घटना, २५ ले ज्यान गुमाए

सीताराम चौधरी

पिलवस्तु, फागुन ५ –

कपिलवस्तु जिल्लामा पछिल्लो ७ महिनामा सवारी दुर्घटनाको संख्या ३० पुगेको छ ।

आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि माघसम्म सो दुर्घटना भएको हो । दुर्घटनाबाट २५ जनाले ज्यान गुमाउनुका साथै २३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले जनाएको छ ।

सडक दुर्घटनामा २ बालक र १ बालिका सहित २० पुरुष र ७ महिलाले अकालमै ज्यान गुमाएका छन् । यस्तै २ बालक र २ बालिका सहित १६ पुरुष र ७ महिला घाइते भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभएको छ । गतवर्षको साउनदेखि माघसम्म ३२ दुर्घटनाबाट २८ को मृत्यु भएकोमा यसवर्ष भने सोही अवधिमा दुर्घटनामा कमी आएको छ ।

बढ्दो सवारी चाप, सवारीको असीमित गति, यात्रु तथा चालकको लापरवाही, अव्यवस्थित पार्किङ, सडक अतिक्रमण गरी ठेला, निर्माण सामग्री राख्नु नै सवारी दुर्घटनाका मुख्य कारण भएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

सवारी दुर्घटना घटाउन ट्राफिकले जिल्लाका विभिन्न विद्यालयमा ट्राफिक नियमबारे विद्यार्थीलाई प्रशिक्षण संचालन गर्दै आएको छ । चालक, सहचालक, पैदलयात्री, समुदायसँग छलफल, अन्तरक्रिया समेत गर्दै आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

पर्चा पम्पलेटको माध्यमबाट समेत ट्राफिक नियमबारे जनेचतनामूलक कार्यक्रम गर्दै आएको कार्कीले जनाउनुभयो ।दैनिकजसो सवारी दुर्घटना बढ्दै गएपछि कपिलवस्तुमा पनि ट्राफिकले सवारी चेकजाँच र कारबाहीमा तिब्रता दिएको छ ।

ट्राफिकको कडाईसँगै नियमको उलङ्घन गर्ने, क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने सवारी साधन धमाधम कारवाहीमा गर्न थालेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका