Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रम्पले गरे इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा – Gaule Khabar

ट्रम्पले गरे इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

ट्रम्पले गरे इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

एजेन्सी, फागुन ५ –

अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।

ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताएका हुन् ।

आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उनले एक वृहत शान्ति सम्झौता गराउने र त्यसका लागि दुबै पक्षले मन मार्नपर्ने सुझाव दिए ।

ट्रम्पले विवादित क्षेत्रमा नयाँ भवन बनाउने काम केही समयका लागि बन्द गर्न पनि आह्वान गरे ।

गएको महिना मात्र ट्रम्प राष्ट्रपति बन्ने बित्तिकै इजरायलले पश्चिमी किनारा र पूर्वी जेरुशलममा हजारौ घर बनाउन स्वीकृत दिएको थियो ।

इजरायल र प्यालेष्टायनबीच सन् २०१४ देखि वार्ता हुन सकेको छैन । इजरायल र प्यालेष्टायनबीच दशकौंको संघर्ष समाधानका लागि दुई पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष्य बनाएका थिए ।

यसै आधारमा पश्चिमी किनारा, गजापट्टी र पूर्वी जेरुशलममा १९६७ को युद्धविराम रेखाभन्दा पहिलाको क्षेत्रमा एक स्वतन्त्र प्यालेष्टायनी राष्ट्र बनाइने र उसले इजरायलसँग शान्तिपूर्ण सम्बन्ध बनाउने भन्ने थियो ।

यसमा संयुक्त राष्ट्रसंघ, अरब लीग, यूरोपीय यूनियन, रुस र अमेरिकाले पटक पटक आफ्नो प्रतिवद्धता जनाएका थिए । तर अहिले ट्रम्पले उक्त नीतिबाट पछि हट्ने संकेत दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका