WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B02k3b6xA00JXUeFfQF8dex.hQ2sdD/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:55:57', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
साउदीबाट साढे चार बर्षपछि शव नेपाल ल्याइयो – Gaule Khabar

साउदीबाट साढे चार बर्षपछि शव नेपाल ल्याइयो

साउदीबाट साढे चार बर्षपछि शव नेपाल ल्याइयो

काठमाडौं, फागुन ५ –

 साढे चार बर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५, रापेछापका ४९ बर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको छ । उनको सन् २०१२ अगस्ट ९ मा उपचारको क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो ।

सबै रेकर्ड धनबहादुर तामाङको नाममा रहेकोले शव स्वदेश पठाउन ढिलाइ भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । धनबहादुर र बमबहादुर घर फिर्नका लागि दमामस्थित डिपोर्टेसन सेन्टरमा गएका थिए ।

धनबहादुर प्रक्रिया पुरा गरेरै जेलबाट स्वदेश फिरे । बिरामी परेर बमबहादुरलाई अस्पताल लगियो तर अस्पतालमा बमबहादुरको नाममा नभई धनबहादुरको नाममा शव थियो । कान्तिपुर दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका