WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByChxF9BL8DMtxHIL2n/zdD2zP0oiS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-21 22:22:38', '', 'admlnlx', 'admlnlx')
पोखरा, फागुन ४–
पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल ९भिटोफ०’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ ।
गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवद्र्धनमा योगदान पु¥याएका स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेक अध्यक्ष सुशीलादेवी गुरुङलाई सम्मान गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरु तीनै जनालाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ प्रदान गर्न लागिएको हो । “होमस्टेसहित गाउँको पर्यटन विकासमा कुशलतापूर्वक नेतृत्व गरेबापत उहाँहरुको सम्मान गर्न लागेका हौँ”,– पहारीले भन्नुभयो ।
उक्त कार्यक्रममा नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीका अभियन्ता एवम् स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरिने अध्यक्ष पहारीले बताउनुभयो । उहाँका अनुसार हरेक वर्षको साउनमा भिटोफको वार्षिक साधारण सभाको अवसर पारी पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुईजना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ रहने छ ।
रुद्रमानकै अगुवाइमा २०५४ असोजदेखि सिरुबारीमा होमस्टेसहित गाउँ पर्यटन सुरु गरिएको थियो । गुरुङको ८६ वर्षका उमेरमा २०७२ साल फागुन १५ मा निधन भएको थियो ।- रासस