Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षा विभागले विवरण नदिँदा शिक्षकको पदपूर्ति रोकियो – Gaule Khabar

शिक्षा विभागले विवरण नदिँदा शिक्षकको पदपूर्ति रोकियो

शिक्षा विभागले विवरण नदिँदा शिक्षकको पदपूर्ति रोकियो

काठमाडौं, फागुन ४–

रिक्त भएका शिक्षकको दरबन्दी विवरण उपलब्ध नगराउँदा शिक्षक सेवा आयोगले स्थायी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन । संशोधित शिक्षा ऐनमा ऐन प्रमाणीकरण भएको एक वर्षभित्र नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन गरिसक्नुपर्ने व्यवस्थाका साथै रिक्त दरबन्दीको विवरण पठाउनुपर्ने दायित्व शिक्षा विभागलाई दिइएको छ । राष्ट्रपतिले गत असार १५ गते ऐन प्रमाणीकरण गरेकी थिइन् ।

आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले ऐन प्रमाणीकरण भएको सात महिना बितिसक्दा पनि विभागबाट शिक्षकको रिक्त दरबन्दीसम्बन्धी विवरण नआएकाले विज्ञापन प्रक्रिया थाल्न नसकिएको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

विगतमा प्रमाणपत्र तह उत्तीर्णले आधारभूत र स्नातक उत्तीर्णले माध्यमिक तहमा अध्यापन गर्न पाउने भए पनि संशोधनको चरणमा रहेको नियमावलीको मस्यौदामा आधारभूत तहका लागि स्नातक र माध्यमिक तहका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

विभागले शिक्षकको विवरण पठाइदिन गत असार १७ गते देशभरिका जिल्ला शिक्षा कार्यालयहरूलाई परिपत्र गरेको थियो । विभागले साउन १५ गतेभित्र विवरण पठाइसक्न निर्देशन दिएको थियो तर अधिकांश जिल्लाले बेवास्ता गरेपछि विभागले पुनः भदौ २९ गते दोस्रोपटक परिपत्र गरेको थियो । विभागले मङ्सिर १ गते तेस्रोपटक परिपत्र गरेको थियो । विभागले पछिल्लोपटक मङ्सिर १५ गतेसम्म शिक्षक विवरण पठाइसक्न भनेकोमा अझै थुप्रै जिल्लाले पठाइसकेका छैनन् ।

आयोगले २०५२ सालपछि २०६८ मा नयाँ शिक्षक नियुक्तिको विज्ञापन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका