Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बराबरीमा रोक्न डर्टमुन्ड चुक्यो – Gaule Khabar

बराबरीमा रोक्न डर्टमुन्ड चुक्यो

बराबरीमा रोक्न डर्टमुन्ड चुक्यो

काठमाडौं, फागुन ४–

गाबनका अन्तर्राष्ट्रिय स्ट्राइकर पियरे इम्रिक अबामेयाङ पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न नसकेपछि च्याम्पियन्स लिगको पहिलो लेगको खेलमा पोर्चुगिज क्लब बेनिफिकालाई १–१ गोलको बराबरीमा रोक्ने अवसरबाट बोरुसिया डर्टमुन्ड बञ्चित भएको छ।

भ्रमणकारी जर्मनी क्लब डर्टमुन्डका लागि ५७ मिनेटमा पेनाल्टीको अवसर जुरेको थियो। तर, अबामेयाङले पेनाल्टी सिधै बेनिफिकाका गोलरक्षक इडेर्सनको हातमा हानेका थिए। समूह चरणको खेलमा विपक्षी टोलीविरूद्ध डर्टमुन्टले सर्वाधिक २१ गोल गरेको थियो। त्यसैले बुधबार बिहानको खेलमा डर्टमुन्टको जितको सम्भावनामा धेरैले अडकल काटेका पनि थिए। बेनिफिकाका लुबोमिर फेज्साले डिबक्सभित्र बललाई हातले छोएपछि बोरुसियाले पेनाल्टीको अवसर पाएको थियो।

जर्मनी क्लबले घरेलु टोलीबाट ४८ मिनेटमा गोल खाइसकेको अवस्थामा त्यसको ९ मिनेटपछि खेललाई बराबरीमा ल्याउने अवसर प्राप्त गरेको थियो। अबामेयाङको पछिल्लो ४ पेनाल्टी प्रहारमा तेस्रो गोलमा परिणत नभएको हो।

यसअघि कर्नर किकमा कोस्टास मिट्रोग्लुउले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले लुइसाओले हेडिङबाट बनाएको बललाई गोलमा परिणत गरेका थिए। यस सिजन पोर्चुगिज लिगमा ११ गोल गरेका कोस्टासको च्याम्पियन्स लिगमा पहिलो गोल थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका