Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा – Gaule Khabar

जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा

जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा

काँकडभिट्टा (झापा),फागुन ३ –

जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राका क्रममा आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नुभएको छ ।

सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट बिहान ९ः१५ बजे नेपाल प्रवेश गर्नुभएका आचार्य महाश्रमणजीलाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, सांसद रवीन कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालगायतले काँकडभिट्टामा औपचारिक स्वागत गर्नुभएको थियो ।

आजीवन पैदलै हिँड्ने सङ्कल्प लिनुभएका धर्मगुरु आचार्य महाश्रमणजी तीन दिनसम्म झापाको मेचीनगर, बिर्तामोड र भद्रपुरमा रहनुहुने र फागुन ६ गते भद्रपुर नाकाबाट भारतको विहार फर्किनुहुने तेरापन्थी युवक परिषद् झापाका अध्यक्ष मञ्जित जैनले बताउनुभयो ।

जैन धर्म नेपालमा फैलिएको अढाइ सय वर्षको इतिहासमा जैन सर्वोच्च धर्मगुरुले यसरी नेपाल प्रवेश गरेको दोस्रोपटक हो । दुई वर्षअघि उहाँ वीरगन्जबाट नेपाल आएर काठमाडौँसम्म जानुभएको थियो ।

सेतो पहिरन लगाउने र मुखमा सेतो मास्क लगाउने आचार्य महाश्रमणजीले सन् २०१० मा दिल्लीबाट अहिंसा यात्राको थालनी गर्नुभएको थियो । त्यसयता उहाँ निरन्तर भारत, नेपाल र भुटानको विभिन्न स्थानमा पैदल यात्रामा हुनुहुन्छ ।

झापामा उहाँको स्वागतका लागि सडकहरुमा दर्जनौँ स्वागतद्वार बनाइएका छन् भने महाश्रमणजीको तस्बिर र महानवाणी राखेर फ्लेक्स ब्यानरहरु राखिएका छन् ।

उहाँले आज दिउँसो धुलाबारीस्थित पासाङ ल्हामू जेसिज प्रतिष्ठानको सभाहलमा विशेष प्रवचन दिने कार्यक्रम रहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका