पाल्पा, फागुन ३ –
नेपाल पत्रकार महासङ्घ पाल्पाले राससकर्मी कृष्ण दर्नाल ‘सिर्जनशील पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले सोमबार पत्रकारितामा एक दशकदेखि सक्रिय दर्नाललाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
पाल्पा शाखाको दशौँ अधिवेशन अवसरमा दर्नालसहित १४ पत्रकार पाल्पामा पुरस्कृत हुनुभएको हो । सिर्जनशील पत्रकारिता पुरस्कार यज्ञमूर्ति तिमिल्सिना, मुक्ति न्यौपाने, टीकाराम बस्याल, सीता डोटेल र सिर्जना घिमिरे, सामाजिक सेवा पत्रकारिता पुरस्कार शङ्कर भण्डारी, मानवाधिकार पत्रकारिता पुरस्कार राजकुमार आले, सामाजिक जागरण पत्रकारिता पुरस्कार भोजराज भट्टराई, ग्रामीण पत्रकारिता पुरस्कार वासुदेव ढकाललाई दिइएको छ । त्यस्तै उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेखीराम राना, कृष्ण पोखरेल र गीता ज्ञवाली सम्मानित हुनुभयो ।
त्यस्तै मेघगोविन्द झपेन्द्र पत्रकारिता पुरस्कारबाट महासङ्घका केन्द्रीय पूर्वअध्यक्ष डा सुरेश आचार्य सम्मानित हुनुभएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा विष्टले डा आचार्यलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । – रासस