Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि – Gaule Khabar

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

पोखरा,फागुन ३ –

कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ ।
यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पु¥याउने रहेको एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले सोमबार जानकारी दिनुभयो ।

मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ ।
मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल पाँचदेखि ५० प्रतिशत छुट बिक्रीमा राखिने बताइएको छ । मेलामा १२५ कक्ष राखिने छन् । मेला सफल पार्न महासङ्घका अध्यक्ष चिन्तामणि बाँस्तोलाको संयोजकत्वमा २९ उपसमिति गठन गरिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका