काठमाडौं, फागुन ३–
अधिकांश शैक्षिक परामर्शदाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् ।
सन् २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् । मन्त्रालयस्रोतले बिसौं पराशर्मदाता दर्ताबिना नै संचालन भएको जनाएको छ । तिनीहरु ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएको बताइएको छ । ती कम्पनीहरुले सरकारलाई करसमेत बुझाएका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।
एजुकेसन कन्सलटेन्सीज एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करब दुई हजार पाँच सय शैक्षिक परामर्शदाता कम्पनी छन् । तीमध्ये तीन सय असी एसोसियसनसँग आवद्ध छन् भने सय फ्री एजुकेसन कन्सलटेन्सीज अर्गनाइजेसन अफ नेपालमा आवद्ध छन् र २७ वटा इन्टरनेसनल एजुकेसन रिप्रेजेटिभ अफ नेपालमा आवद्ध छन् ।