चितवन, फागुन २–
दुवै मृगौला फेल भएका चितवनको विकट पहाडी गाविस चण्डिभञ्ज्याङ वडा नं ७ तल्लो ढुंग्रे निवासी २७ वर्षीय हेमबहादुर गुरुङलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ ।
गुरुङको अहिले राष्ट्रिय मृगौला केन्द्र वनस्थलीमा उपचार भइरहेको छ । हप्ताको ३ पटक डायलोसिस गर्नु पर्ने भए पनि आर्थिक अभावका कारण हाल हप्ताको दुई पटक मात्र डायलोसिस गरिहेको छ ।
एक पटक डायलोसि गर्दा रु ३ हजार लाग्ने अस्पतालले जनाएको छ ।
मृगौला प्रत्यारोपण गर्न मात्र नेपालमा रु ५ लाख लाग्ने राष्ट्रिय मृगौला केन्द्रले जनाएको छ । भारत लैजान पर्ने अवस्था आएमा ५ लाख भन्दा बढि खर्च लाग्ने केन्द्रले जनाएको छ । जति सक्दो चाडोँ मृगौला प्रत्यारोपण गर्नु पर्ने अस्पतालले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका कारण डायलोसिस गर्न समेत गाह्रो भएको परिवारले जनाएको छ । गुरुङको परिवारमा श्रीमती र पाँच वर्षकी छोरी छिन् । गुरुङको सहयोगको लागि प्रभु बैँकको खाता नं ०४२०१०००३२७७७१०००००१ मा रकम जम्मा गर्न सकिने दाजु खेम गुरुङ (९८४११६०४२८)ले जानकारी दिनुभयो ।