Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला – Gaule Khabar

विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला

विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला

धुलिखेल, फागुन २-

नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।

बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा ती विद्यार्थी सङ्गठनले ताला लगाएका हुन् ।

उक्त विद्यार्थी सङ्गठनले अहिले घोषणा गरेको स्ववियु निर्वाचनको मिति उपयुक्त नभएको भन्दै क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताउनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिनेश सारुले आफ्नो सङ्गठनको कुनै पनि कुराको सुनुवाइ नभएको र तीन विद्यार्थी सङ्गठनले सिन्डिकेट नै लगाएर निर्वाचनमा गएका कारण बाध्य भएर ताला लगाउनुपरेको बताउनुभयो । “हामीले पटक पटक भनेका थियौँ कि हाम्रो पार्टीको अधिवेशन चलिरहेका बेलामा निर्वाचन नगरौँ भनेर तर त्यही समयमा निर्वाचन गर्न समय तोकिदिएका कारण हामीले बाध्य भएर स्ववियु निर्वाचन कार्यालयमा ताला लगाउनुपरेको हो” – अध्यक्ष सारुले भन्नुभयो । उहाँले तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सिन्डिकेट नै लगाएको आरोप लगाउनुभयो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको भन्ने जानकारी आए पनि क्याम्पस प्रमुखहरुले जानकारी नै नदिएको बताउनुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका