Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र  – Gaule Khabar

भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र 

भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र 

काठमाडौं,मंसिर २६-

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई पत्र आएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ नेपालको नेतृत्वमा युवा विद्यार्थी संगठनहरुले भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै आइतबार दिउँसो मन्त्रालयमै पुगेर परराष्ट्रमन्त्री महतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

भारतीय राजदूतलाई अन्तर्राष्ट्रिय कुटनीतिक अभ्यासअनुरुप अयोग्य कुटनीति करार गरी आफ्नो देश फिर्ता पठाउन पर्ने आफूहरुको माग रहेको युवा संघका अध्यक्ष राजीव पहारीले बताए ।

rajib-pahari

‘भर्खरै सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा नेपाली जनता र राजनीतिक दलहरु बहस र आन्दोलनमा रहेको अवस्थामा केही राजनीतिक दलहरु (मधेसवादी दल)लाई भारतीय दूतावासमा बोलाएर के कुरा मान्ने र के कुरा नमान्ने भनी निर्देशित गर्नु र राजदूत रेले नेपालको राजनीतिक धुव्रीकरणबारे कुनै एक पक्षलाई काखी च्यापेर अभिव्यक्ति दिंदै हिड्नु पूर्णतः गैरकुटनीतिक हो । यो नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप हो,’ पहारीले भने- ‘यसकारण नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हस्तक्षेप गर्ने र कुटनीतिक मर्यादाभन्दा बाहिर काम गर्ने भारतीय राजदूतलाई तुरुन्त फिर्ता पठाउनुपर्छ भनेर मन्त्रीज्यूको ध्यानाकर्षण गरायौं ।’

ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष पहारीले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भूखण्डता रक्षाको लागि आफूहरु आज सडक आन्दोलनमा रहेको जानकारी गराउँदै  नेपालको आन्तरिक मामिलामा भइरहेका यसप्रकारका हस्तक्षेप सैह्न हुननसक्ने चेतावनी दिएका थिए ।

संविधान कार्यान्वयनको अवस्थामा छिमेकी देश भारत तथा मित्रराष्ट्र अमेरिका र युरोपेली संघले अनेक तरिकाले नेपालको नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भन्दै उनले कुनै पनि खालका गैरकुटनीतिक र मैत्री सम्बन्ध विपरितका गतिविधिमाथि तत्काल नियन्त्रण गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा परराष्ट्रमन्त्रीले युवा विद्यार्थी संगठनका मागप्रति आफ्नो ध्यानाकर्षण भएको र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

yaan-statement-1yaan-statement

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका