Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१८ वर्षअघि हत्या गरी फरार नारायण साउदीबाट पक्राउ – Gaule Khabar

१८ वर्षअघि हत्या गरी फरार नारायण साउदीबाट पक्राउ

१८  वर्षअघि हत्या गरी फरार नारायण साउदीबाट पक्राउ

काठमाडौं, फागनु १ –

अठार वर्षअघि हत्या गरी फरार कास्कीका नारायण अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको छ । नेपाली सेनामा कार्यरत उनले २०५५ सालमा कास्कीको विर्दीखोलामा आपसी विवादमा शिवराज थापा सुयलको हत्या गरेका थिए ।
सेनाको हिरासतमा रहेका बेला उनी २०५६ सालमा भागेका थिए । उनले जिल्ला प्रशासन कार्यालयबाट जीवनबहादुर अधिकारीको नाममा नागरिकता र राहदानी लिएर साउदी अरब गएका थिए ।
अरब प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या गरेको पुष्टि गर्दै अधिकारीलाई जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका