Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनआन्दोलनको उपलब्धि गुम्न दिने छैनौँ– प्रधानमन्त्री – Gaule Khabar

जनआन्दोलनको उपलब्धि गुम्न दिने छैनौँ– प्रधानमन्त्री

जनआन्दोलनको उपलब्धि गुम्न दिने छैनौँ– प्रधानमन्त्री

काठमाडौँ,फागुन १ –

प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताउनुभएको छ ।

पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आज २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी प¥यो भने अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ ।”

दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै निर्वाचन हुन नसके मुलुकमा सङ्कट आइपर्ने बताउनुभयो ।

संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन गर्न सरकारले तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले थप्नुभयो, “माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम हो । माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउनसक्ने स्थितिमा छ, किनकि जनयुद्धमा यी सबैको बलिदानी छ ।”

उहाँले संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “निर्वाचनमा पार्टीले हारे पनि देश विजयी हुनुप¥यो, तर जनयुद्धको मुद्दा र परिवर्तनलाई संस्थागत गर्न पार्टी विजयी हुनु पनि आवश्यक छ ।”
माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गर्नुभयो ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । अहिले बृहत् शान्ति सम्झौता भएको १० वर्ष पुगिसक्दा पनि जनआन्दोलनका बेपत्ता परिवारको सत्यतथ्य बाहिर आउन सकेको छैन र पीडितले राहत पनि पाउन सकेका छैनन । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका