Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देशभरि लोडसेडिङ हटाउने काम भइरहेको छ – ऊर्जामन्त्री शर्मा – Gaule Khabar

देशभरि लोडसेडिङ हटाउने काम भइरहेको छ – ऊर्जामन्त्री शर्मा

देशभरि लोडसेडिङ हटाउने काम भइरहेको छ – ऊर्जामन्त्री  शर्मा

काठमाडौं,फागुन १ –

 ऊर्जामन्त्री जनार्दन शर्माले देशभर लोडसेडिङ हटाउने काम भइरहेको बताएका छन् ।

काठमाडौं उपत्यका, पोखरा, चितवनलगायत देशका कतिपय ठाउँमा लोडसेडिङ हटिसकेको जानकारी दिँदै मन्त्री शर्माले बाँकी स्थानमा क्रमशः लोडसेडिङ हटाउँदै जाने जानकारी दिए । उनले मुलुक आधारभूत रूपमा लोडसेडिङ मुक्त भएकोसमेत बताए ।

उनले देशलाई लोडसेडिङबाट मुक्त गर्न ३ वर्षभित्र देशभर विद्युतीकरणको आधारभूत काम सम्पन्न हुने गरी काम अघि बढेको बताए । ऊर्जा मन्त्रालयको कामले युवामाझ उत्साह बढाएको दाबी गर्दै मन्त्री शर्माले युवाको पुँजीलाई प्रयोगमा ल्याएर देशलाई आर्थिक रूपमा समृद्ध बनाउने योजना सुनाए ।

मन्त्री शर्माले विद्युत आयोजनामा स्थानीयले संघर्ष समिति बनाएर असहयोग गर्दै आएको बताउँदै उनले भने, “मुलुकमा जलविद्युत् विकास गर्न अब संघर्ष हैन, सहयोग समिति बनाउनुपर्छ ।”

पश्चिमसेती जलाशययुक्त विद्युत आयोजनाको बैतडीस्थित ढुंगाढामा आयोजित सभालाई सम्बोधन गर्दे मन्त्री शर्माले भने, “अब हरेक जलविद्युत आयोजनाको मालिक जनता हुने भएकाले संघर्ष हैन, सहयोग गरेर अघि बढ्नुस ।”

जलविद्युतमा जनतालाई मालिक बनाउन सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रम ल्याएको उनले स्पष्ट पारे । उनले पहिला स्थानीयलाई आयोजनाको सेयर दिने भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।  जलाशययुक्त आयोजनाबाट विस्थापन हुनेले मन दुखाउन नपर्ने बताउँदै उनले भने, “सरकारले सुविधासम्पन्न आवास योजना ल्याएर समस्या समधान गर्नेछ ।”

डोटी, बैतडी र डडेलधुरा जिल्लामा बन्न लागेको साढे ७ सय मेगावाटको पश्चिमसेती आयोजना सम्पन्न भएपछि सिंगो सुदूरपश्चिमका जनता समृद्ध हुने विचार उनले व्यक्त गरे । मन्त्री शर्माले आयोजनाको काम चाँडै सुरु गरिने समेत जानकारी दिए ।

मन्त्री शर्माले दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको काम पनि छिटो सक्न निर्देशन दिएका छन् । उनले आयोजनाको स्थलगत अनुगमन गर्दै संशोधित तालिकाअनुसार सन् २०१७ भित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका