Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्टलाई बचाउन चुनाव आवश्यक : नेता कोइराला – Gaule Khabar

राष्टलाई बचाउन चुनाव आवश्यक : नेता कोइराला

राष्टलाई बचाउन चुनाव आवश्यक : नेता कोइराला

दाङ, फागुन १ –

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताउनुभएको छ ।नेपाली काँग्रेस क्षेत्र नं– ४ दाङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

उहाँले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताउनुभयो । कोइरालाले त्यसको लागि काँग्रेस जिम्मेवार र ठूलो पार्टी भएकाले काँग्रेसले पहल थाल्नुपर्ने धारणा राख्नु भयो ।

कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले गणतन्त्र पनि सुरक्षित नभएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । उहाँले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको विचार राख्नु भयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका