Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमरा गोल्डकपको उपाधि संकटालाई, आर्मी टाईब्रेकरमा पराजित – Gaule Khabar

सिमरा गोल्डकपको उपाधि संकटालाई, आर्मी टाईब्रेकरमा पराजित

सिमरा गोल्डकपको उपाधि संकटालाई, आर्मी टाईब्रेकरमा पराजित

दुष्यन्त चौधरी,

बारा, माघ २९–

आठौं रुस्लान सिमरा गोल्डकपको उपाधि सिएमजी संकटा क्लबले उचालेको छ ।
आज भएको उपाधि भिडन्तमा त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै संकटाले उपाधि उचालेको हो । आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले उपाधिमाथि कब्जा जमायो । टाईब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरे। संकटाका बिश्व अधिकारीको प्रहार भने आर्मीका गोलरक्षक सुनिल श्रीवास्तवले रोकेका थिए । आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बललाई जाली चुमाउन सके । आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बिफल पारि दिए ।
उपाधीसंगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार नगद हात पारेको छ । उपबिजेता चित्त बुझाएको आर्मीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । निकै रोमाञ्चकल फाईनलमा भिडन्तको निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

यसअघि खेलको ४७ मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्सभित्रबाट बिनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाईन भित्र छिरेको थियो । खेलको सुरुवात देखीनै आक्रमक सुरुवात गरेका दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले ।

पहिलो हाफमा १–० ले पछि परेको संकटाले खेलको ५६ मिनेटमा बराबरी गोल फर्कँयो । आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे । अमितको गोलसंगै खेलमा फर्किएको संकटाले आर्मीलाई चुनौती पस्कीदै राम्रो खेल प्रदर्शन गर्‍यो । दोस्रो हाफमा पनि दुबै टिमका खेलाडीले राम्रा अवसर खेर फाले ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक समेत घोषित भएका उनले यामाहा मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे । बिधागत रुपमा पुरस्कार पाएका सबैले जनही १५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ ।

प्रतियोगिताको बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका