काठमाडौं, माघ २८ –
ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी मोरङ वयरवन गाविस-७ बस्ने ४४ वर्षका जयराज संयोग लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार सुनसरीको इटहरीबाट पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको २०६६ भदौ १ गतेको फैसलाअनुसार लिम्बुलाई ५ वर्ष कैद हुने ठहर भएकोमा कैद बेरुजु रही अहिलेसम्म फरार रहेका थिए ।
२०५३ माघ ११ गते मोरङ्ग बयरबन गाविस-७ स्थित सांग्रिला हाइभिजन चलचित्र हलभित्र सिनेमा हेर्दै गरेका शेखर राईसँग झगडा भएपछि राईलाई हलबाट बाहिर निकाल्न लगाई लिम्बु समेतले लखेट्दै लगि आलुबारीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि कोशी अञ्चल अस्पताल र विपि मेमोरियल अस्पताल धरानमा राईको उपचार गरिएको थियो ।
पक्राउ परेका प्रतिवादी लिम्बुलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झुम्का, सुनसरीमा पठाइएको छ ।